- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रम खारेज गर्ने बताएकी छन् । धनकुटामा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले तत्कालिन ओली सरकारले कमिसनका लागि यो कार्यक्रम ल्याएको आरोप लगाइन् । आगामी आर्थिक बर्षबाट यो कार्यक्रम खारेज गरेर नयाँ कार्यक्रम ल्याउँने तयारी गरिएको उनको भनाई छ । शहरी विकास मन्त्रालय अन्तर्रगतको नागरिक आवास कार्यक्रममा स्थानीय तहमार्फत करोडौं भष्ट्राचार भएको र विभिन्न जिल्लामा अनुगमनका क्रममा फुस्को छाना हटाउने कार्यक्रममा जस्तापाता आफै खरिद गरेर करोडौं रकम हिनामिना भएको पाइएको उनले आरोप लगाइन् ।

फुसको छानो भएकाहरुलाई टिनको छानो लगाउँनका लागि ओली नेतृत्वको सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!