संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीपी कोइराला मेमोरियल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

उपचारका लागि शिविरमा आएका १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९७ जनाको रक्त परीक्षण, १२९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँच गरिएको छ ।

त्यस्तै ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!