ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मार्च ३० नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण त्रयोदशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुभ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५६ मिनेट देखि ७ बजेर २९ मिनेट सम्म छ । आज चैत कृष्ण त्रयोदशी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दाजुभाइ र दिदीबहिनीसँग सहायता आदानरप्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । आज गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । ठूलाबडा व्यक्तिसित भेटघाट हुने वा नवीन परिचय प्राप्त हुने दिन छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, तर पार्टनरका तर्फबाट कुनै खुसी हुने कुरा सुन्न पाइनेछ, जसले गर्दा मनमा भएको बोझ हटी प्रसन्नता बढ्नेछ । कार्यक्षेत्र वा कारोबारमा गरेको हरेक प्रयासले सार्थक फल प्राप्त गर्ने समय हो । वरिष्ठ कर्मचारी वा शक्तिशाली व्यक्तित्वबाट प्रशंसा र सहानुभूति बटुल्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह )
धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन । अर्काको सहयोग गर्न पाउँदा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
बेकारको चिन्ता र अनावश्यक भयले बारबार मन बिथोलिन सक्छ, मन एकतमासको बन्ने दिन हो । एकोहोरिनु र घोरिनुभन्दा कुनै बाँकी काम सम्पन्न गर्नु ठीक हुन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु ठीक हुन्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाति हुन्छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । सँगीसाथीसँग रमाउने समय छ, युवाउमेरको मन उत्ताउलो बन्नसक्छ, प्रेमीरप्रेमिकाको सम्झनाले सताउने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
घरपरिवारमा राम्रो छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाति हुन्छ । लाभदायक यात्राको योग छ, यद्यपि बास बस्ने गरी टाढा जाँदा असहजताको अनुभूति हुनेछ, मनमा चिन्ता, शङ्का वा असन्तुष्टि देखा पर्न सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
कुनै विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजुरदिदी वा गुरुरगुरुआमाको सहायता लिंदा लाभ पाइने छ । धार्मिकरसामाजिक क्रियाकलापमा रुचि बढ्नेछ, प्रतिष्ठा बृद्धिका लागि गरेको प्रयासमा सफलता मिल्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
पार्टनरबाट कुनै नौलो कुरा सुन्न पाउँदा हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय छ । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द )
पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ । कार्यक्षेत्रमा आफ्नो सीप र कौशलको प्रदर्शन गर्ने अवसर मिल्नेछ । सिनियर कर्मचारी वा मालिकको स्याबासी पाउन सक्नुहुन्छ । नयाँ कामको थालनी गर्न अनुकूल समय रहने छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्नुहोला, कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । अनुभव वा ज्ञानको कमीले निराशा हुने वा असहजता आउने समय हो । सहयोगी वा जुनियर स्टाफको अनुपस्थितिले पनि समस्या निम्त्याउन सक्छ । कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!