संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका २३ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!