ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मार्च १६ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल त्रयोदशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । आफ्नो ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण काम निप्ट्याउन सक्नुहुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो । उत्साह र उमङ्गको सिर्जना हुने राम्रै दिन देखिन्छ, तर पनि बेफुर्सदिलो भइने दिन हो, बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नु बेस हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । वैचारिक अस्थिरता देखिने छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कठोर परिश्रम र कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै सानो प्रयासले रोकिएको आर्थिक स्रोतले गति समात्ने दिन हो । परहितको कामले शान्तिको अनुभूति हुनेछ । आजको कुनै समय बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा अलमलिन सक्छ । एकआपसका कुनै पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाति हुन्छ । सहकार्यको भावना विकसित हुने राम्रो दिन छ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आश मारेको सम्पत्ति फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक सम्मृद्धि बढाउने सिलसिलामा सक्रियता देखाएमा भविष्य सुध्रने सङ्केत छ । कुनै उपहार वा धन प्राप्त हुने सम्भावना छ । सिनियर कर्मचारी वा हाकिम प्रसन्न हुने दिन हो । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ । आम्दानीका मार्गहरू बढ्नेछन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकुल समय छ । तामा र रातो चिजबीजसँग सम्बद्ध कारोबारीले सफलता पाउने दिन हो । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाति हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । अचानक परिस्थिति फेरिएर अनुकूल हुन थाल्नेछ । व्यापारिक किनमेल र नयाँ कारोबारप्रति आकर्षण देखाएमा लाभ पाउन सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम गर्दा कमजोरी वा तनाव हुनु सामान्यता हो, दोहोर्याएर प्रयास गरे थालेको कामले पूर्णता पाउने छ । थोरै समय किनमेल र घुमफिरका लागि निकाल्नुपर्ने हुन्छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । कर्मक्षेत्र बलियो भएको राम्रो समय छ । आज लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउने प्रयास हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने दिन हो । आज सहयोग माग्नेलाई केवल आश्वासनमात्र नदिनु होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
त्यस्ता चालचलन र व्यवहारप्रति तपाईंले आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिकरऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ, तर सानातिना बिमारी र चोटपटकको सम्भावना छ । नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने दिन हो । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुने तथा गरेका काममा भाग्यले साथ दिने समय हो, आज दाम्पत्यजीवन र प्रेमसम्बन्धका लागि समेत राम्रै देखिन्छ । आम्दानीको पाटो राम्रो देखिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर बेलुकीपख आफन्त, घरपरिवार र सन्तानका निमित्त समय छुट्याउनु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
निराशा र कुण्ठा बढ्ने समय हो, तर आज नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । शरीरमा ऊर्जा र जाँगर पलाउने समय हो, दिनभरि काममा एक्लै खट्नु पर्छ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनु ठीक हुन्छ । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!