- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ बर्षीया करुणा राईलाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६४ बर्षीय दिपक गिरी छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी पक्राउ परेका गिरीलाई सार्वजनिक गरेको हो । बुधबार विद्यालय गएकी बालिका बेलुका अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराएका थिए । त्यसपछि शुक्रबार खोज तलासमा खटिएको प्रहरी टोलीले बालिकाको घरदेखि ३ किलो मिटर दक्षिण लेटाङ–८ लालहिरा सामुदायिक बनमा ढुंगाले छोपेको अवस्थामा उनको शव फेला पारेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले गिरीको घर पछाडि रहेको खोल्सीमा स्कूलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाईटरसमेत फेला पारेको थियो ।

बुधबार साढे ४ बजे जाँते उच्च माध्यमिक विद्यालयबाट लेटाङ–८ स्थित जंगलको बाटो हुँदै घर फर्किदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखेर पछ्याएका थिए । पछ्याउँदै जंगलमा पुगेपछि फकाई फुल्याई जंगलभित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनेर केही पर लगि उनले बालिकालाई जबरजस्ती करणी गरेका थिए । त्यसपछि बालिकाको घाँटी थिचि हत्या गरेर नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!