विराटनगर । विराटनगर महानगरपालिका–१३ बाट भारतीय नक्कली नोटसहित आज तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका पुर्णिया थानचोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम छन् ।
बिहान साढे १० बजे विराटनगर–१३ नहर चोकमा टेम्पोमा सवार उनीहरुलाई सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतीय नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।