- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेर युवराज कटेल आउँने भएका छन् । गृह मन्त्रालयमा कार्यरत सह-सचिव कटेललाई मन्त्रालयले धनकुटाको सिडीओको जिम्मेवारी दिएको हो ।

Advertisement

सोलुखुम्बुको नेचामा जन्मिएका कटेल अब केही दिनभित्रै धनकुटा आएर सीडीओको जिम्मेवारी सम्हाल्दैछन् । ‘अहिले काठमाडौं नै छु, अब धनकुटा आउँने तयारी गर्दैछु,’ कटेलले संगालोखबरसँग भने, ‘धनकुटामा सोमबारबाट जिम्मेवारी सम्हाल्छु ।’

सफल र सक्षम राष्ट्रसेवक कर्मचारीको रुपमा पहिचान बनाएका कटेल २०६० सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका हुन् । उनले यसअघि बिभिन्न जिल्लामा सीडीओ र एलडीओ भएर सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।

गृह मन्त्रालयसहित सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा उनले कार्यअनुभव बटुलेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!