- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीबाट प्रहरीले गएराती ठूलो परिमाणमा अबैध गाँजा बरामद गरेको छ । गाँजाको कारोवारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चार सय किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । गाँजाको कारोवार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले राती करिब २ बजे को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपमा त्रिपालले छोपेर ल्याउँदै गरेको अवस्थामा १६ बोरा गाँजा फेला पारेको हो ।

गाँजाको कारोवार र ओसारपसारमा संलग्न गाडीधनी एवं चालक उदयपुरको बेलका–८ का २७ बर्षीय गोकुल राई, बेलका–७ का २९ बर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र–१ का २३ बर्षीय मनिष धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध प्रहरीले लागुऔषध ऐन बमोजिम कारबाही प्रकृया अघि बढाएको छ । प्रहरीले जिल्ला अदालतवाट १० दिनको म्याद थप गरेर उनीहरुको कारोवारका विषयमा थप अनुसन्धान थालेको छ । पक्राउ परेकाहरुको साथबाट ६३ हजार नगद पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!