रबिन कटेल

काठमाडौं । सरकारले यथास्थितिमै एमसीसी अघि बढाए सत्ता सझेदार दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । आज बिहान सम्पन्न माओवादी केन्द्र संसदीय दलको बैठकले अहिलेकै अवस्थामा सरकारले जबरजस्त एमसीसी अघि बढाउँन खोजेमा सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

Advertisement

बैठकले असमान शर्तहरु संशोधन नगरी अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाइएमा माओवादी केन्द्रका सांसदले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए । ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’ बैठकपछि सञ्चारकर्मीहरुसँग गुरुङले भने ।

‘एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, कमसेकम सरकारमा रहेका दलहरुबीचमा सहमति हुनुपर्छ,’ गुरुङले थपे, ‘सरकारले जबरजस्ती गर्न खोज्यो भने सहमति विना गर्ने सरकारले गठबन्धन तोड्ने कुरा हुन्छ । गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा आउँदैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement