ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ।

वृष– बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्।

Advertisement

मिथुन– जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ।

कर्कट– रोकिएका काम बन्न थाल्नेछन्।  परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ।

सिंह– जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।

कन्या– बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ।

तुला– पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् ।

वृश्चिक– आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।

धनु– सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ।

मकर– पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ।

कुम्भ– शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ।

मीन– बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ।

ज्यो.प.तुलसी भारद्वाज निरौला 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!