मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.

यो हप्ता तपाँईंको आत्मबलकै भरमा अपत्यारिला काम पनि सम्पन्न होलान् । तपाईले सोचे अनुरुप कामहरु बन्दै जाने छन तर प्रयास भने जारी राख्नु होला । पशुपंक्षीको व्यवसायमा पनि राम्रो समय छ । साताको अन्त्यमा शत्रुपक्षबाट बाधा उत्पन्न हुने समय छ, सावधान रहनु होला । सानातिना काममा पनि बढी समय लाग्न सक्छ । मनलाइ शान्त बनाएर काम गर्दा राम्रो होला । पछिका लागि काम गर्न वातावरण बन्ला । नचिताएको व्यक्तिबाट प्राप्त सहयोगले अप्ठ्रयारो काममा सफलता प्राप्त होला ।

Advertisement

बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो.

यो साता तपाईंको छोटो यात्रा होला । धनको मातले बिग्रन पनि सकिन्छ, विचारेर मात्रै आर्थिक लगानी गर्नु होला । प्राविधिक तथा व्यवसायिक कामबाट लाभ लिन सकिने छ । परिवार तथा आफन्तहरुबाट पनि पर्याप्त मात्रामा सहयोग मिल्ने देखिन्छ । घरायसी सामान किनमेल हुने समय साता छ । केही विलासिताका सामानमा पनि खर्च होला । सूचना प्रविधिको क्षेत्रबाट राम्रो काम होला । २० गते तपाईंले खानपिनमा बडी नै सजगता अपनाउनु होला ।

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के. को. ह.

स्टेशनरीका सामानबाट यथेष्ट लाभ लिन सकिने साता छ । बौद्धिक लगानीको लागि भने उपयुक्त समय छैन । आफ्नो परिश्रममा राम्रो संग विस्वास गर्नु होला । शारीरिक कान्ति वृद्धि हुने समय छ । अरुले पनि तपाईको सुन्दरताको तारिफ गर्लान् । मान इज्जतमा कमी आउने साता छैन तर वादविवाद गर्नबाट जोगिनु होला । यो साता तपार्इंको स्वास्थ्यमा भने सामान्य बाधा उत्पन्न होला । नातेदारको व्यक्तिबाट विशेष सहयोग र प्रेरणा प्राप्त होला ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.

धन आर्जन हुने प्रशस्त बाटाहरु दिमागमा खेल्नेछन तर अल्छिपनले खास काम गर्न वातावरण बन्ने देखिन्न सावधान रहनु होला । छिट मुट रुपमा आम्दानी हुनाले मनलाई भने सन्तोष मिल्ने देखिन्छ । पूरानो मित्रसँग भेटघाट होला । पुत्रपुत्रीको सुख प्राप्त गर्नसकिने छ । यहि साता परिवारबाट आवश्यक सहयोग पनि प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक क्षेत्रका कामको सहि मूर्याङ्कन हुने साता छ । मिष्ठान्न भोजनमा पनि रमाउन पाइने छ ।

सिंह राशि– मा. मि. मू. मे. मो. टा. टि. टू. टे.

ठूलो कुराको अपेक्षा नगरी नियमित प्रक्रियामै चित्त बुझाउनु होला । सामान्य किसिमको साता रहेको छ । विवादमा परिएला अनि साथ साथै अरुले गरेका कामको पनि दोष तपाईंलाई आउन सक्छ, सावधान रहनु होला । यो साता तपाईंलाई विपरितलिंगीको साथ भने फलदायी होला अनि साथ साथै परिवारमा पनि सुमधुर सम्बन्धमा राम्रा काम हुनेछन् । साथीको सर–सल्लाहरुलाई पनि मनन गर्न होला । साताको मध्यतिर जागिरबाट केही प्रगति गर्नसकिने समय छ ।

कन्या राशि– टो. पा. पी. पू. ध. ण. ठ. पे. पो. 

यो साता ऐतिहासिक ठाउँको यात्रा होला । बुधवारको दिन विवाह तथा अन्य पारिवारिक जीवनको लागि महत्वको दिन रहने छ । काममा धेरै ठूलो कुराको अपेक्षा गर्न भन्दा नगर्नु नै वेश होला । तर मंगलबार पछि भने काम गर्नमा उत्साह पलाउने छ र अर्थ आर्जन गर्न पनि सकिने समय छ । त्यो समयको सदुपयोग भने राम्ररी गर्नु होला । यात्राबाट पनि आंशिक लाभ होला । भविष्यका लागि पनि रामै काम हुने साता छ ।

तुला राशि– रा. रि. रु. रे. रो. ता. ति. तु. ते.

साता अत्यन्त राम्रो रहेको छ । व्यवहारिकतामा अडिग भएर बस्नु होला अनाहकमा साथिभाइले खर्च गर्नमा उक्साउन पनि सक्छन् । तरल पदार्थको कामले यथेष्ट फाइदा गराउने साता छ । सन्तान र परिवारबाट पनि उचित सहयोग मिल्ला । समाजको नेतृत्व वहन गर्नमा सुअवसर आउन सक्छ । अररुले गरेका काममा पनि तपाईंको सहभागिता महत्वपूर्णहोला । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी भएर रमाउन पनि पाउनु हुने साता छ  ।

बृश्चिक राशि– तो. ना. नि. नु. ने. नो. या. यि. यू.

साता सामान्य किसिमको रहेको छ । यो साता तपाईंलाई साथीहरुले लहैलहैमा नशालु पदार्थ सेवन तथा अन्य दुव्यर्सका क्षेत्रमा प्रवेश गराउन खोज्लान विचार गर्नहोला अनि सावधान रहनु होला । तर यहि साता तपाईंको आम्दानी रामै संग होला । खानपिनका बिभिन्न परिकार पनि प्राप्त होलान् । यो साता जग्गा जमिनको कारोबारबाट पनि राम्रो उन्नति हुनेछ । आफ्नै कामबाट समय निकाल्न धौधौ होला । यो साता तपार्यंको परीक्षा लगायतका अन्य प्रतिस्पर्धात्मक काममा सफलता हात लाग्नेछ ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.

समाजसेवामा लाग्ने समय छ । आफ्नो कामबाट दिक्क लागेर पेशा परिवर्तन गर्ने चाहना मनमा आउला । विपरित लिङ्गि साथीहरुको सहयोग र हौसलाले अधूरा काममा सफलता प्राप्त हुने देखिन्छ । साताको अन्त्यमा कतैबाट कुनै अशुभ समाचार पनि सुन्नु पर्ला । यो साता तपाईंले कुनै साहित्यिक गतिविधिमा सहभागी हुनुपर्ला जस्तो छ । बौद्धिक तथा सिर्जनात्मक काम गर्ने बेला आएको छ । मंगलवारको दिन आर्थिककारोवार गर्दा सावधानि अपनाउनु होला ।

मकर राशि– भो. जा. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. गा. गी. 

यो साता तपाईंको कुनै महत्वपूर्ण उपलब्धि हुने देखिन्छ । बिग्रन लागेका कामहरु पनि बन्ने छन् । भाग्योदयको लागि उपयुक्त समय आएको छ प्रयास भने जारी राख्नु होला । यो साता राम्रो कुरा सुन्न अनि भोग्न पाउने सम्भावना रहेको छ । कसैको स्वास्थ्य उपचारमा सहयोग पनि गर्नु पर्ला । समाज सेवाका क्षेत्रमा केही गर्न अनुकूल मिल्ने देखिन्छ । निर्माणको काम गर्नुहुनेहरुका लागि अझ राम्रो तवरले सफलता मिल्ने साता छ ।

कुम्भ राशि– गु. गे. गो. सा. सी. सू. से. सो. दा.

सरकारी पक्षको सहयोगमा कामहरु बन्ने छन् । यो साता तपाईंले गरेका कामको सही मूर्याङ्कन हुने देखिन्छ । खाद्यान्नको व्यापार व्यवसायबाट राम्रै लाभ मिल्ला । उपहार पुरस्कार आदि पनि प्राप्त हुने सम्भावना रहेको समय छ । यो साता तपाईंले कलाकारिताको क्षेत्रमा प्रवेश गर्न सके पछि राम्रो प्रगति हुने देखिन्छ । तपाईंको क्षमताको अरुले पनि फाइदा लिनेछन् । यो साता तपाईंको सहयोगको अरुलाई अपेक्षा रहिरहने छ ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. चा. ची.

साता भरी नै व्यापार व्यवसायमा आंशिक रुपमा आय होला । बौद्धिक तथा सिर्जनात्मक कामप्रति पनि रुचि बड्ने छ । तपाईंले सोचे भन्दा बडि नै सफलता मिल्ने साता छ । समयको सहि सदुपयोग गर्न सके यथेष्ट लाभ लिन सकिने छ । शुक्रवारको दिन कुनै शुभ समाचार पनि सुन्न पाइएला । विद्यार्थी वर्गका लागि अनि कर्मचारि वर्गका लागि साता धेरै नै अनुकुल रहेको छ । मंगलवारको दिन औषधी उपचारमा अलिकति पैशा खर्च गर्नु पर्ला ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!