ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ।

वृष– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

Advertisement

मिथुन– बोली(व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ।

कर्कट– आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

सिंह– परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन्।

कन्या– खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ।

तुला– विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ।

वृश्चिक– समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

धनु– रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।

मकर– अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

कुम्भ– रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला।

मीन– कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!