संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९७ जना विरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्सरे र १६४ जनाको इसीजी गरिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको केएमसीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!