संगालोखबर सम्बाददाता

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो ।

Advertisement

दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३ विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ४८० जनाको भिडियो एक्सरे, ५२४ जनाको रक्त परीक्षण र ३९५ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । त्यस्तै २८ जना विरामीको आँखाको सामान्य शल्यक्रिया गरिएको छ । यता, दाँतमा समस्या भएर आएका ७२ जना विरामीको दाँत उखेलिएको छ ।

शिविरमा नोबेलको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग लगायत बिभागका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका छन् । गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!