Advertisement

 एजेन्सी । एप्पल कम्पनीको आइफोन सिरिजको बहुप्रतिक्षित फोन आइफोन एटलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन् ।

समाचारहरु अनुसार आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च हुने बताइएको थियो । तर पछिल्लोपटक आएको एक अर्को समाचारले चाहीँ आइफोन एट लञ्च हुन केही ढिला हुने खुलासा गरेको छ । समाचार अनुसार सेप्टेम्बरमा नभै अक्टोबर वा नोभेम्बरसम्म मात्र आइफोन एट बजारमा आउनेछ ।

म्याक ओटकाराको पछिल्लो एक रिपोर्ट अनुसार अक्टोबर वा नोभेम्बर अघि आइफोन एट लञ्च हुन कठीन छ ।

आइफोन एटको फिर्चसका विषयमा विभिन्न गोप्य जानकारीहरु बाहिरिइसकेका छन् । जस अनुसार परफर्मेन्सको मामिलामा यसले एन्ड्रोइड फोनलाई धेरै पछि छाड्नेवाला छ ।

आइफोन एटमा ब्याकसाइडमा फिंगर पि्रन्ट सेन्सर हुनेछ । साथै यसमा वायरलेस चार्जिंग फिचर पनि रहनेछ । आइफोन एट वायरलेस चार्जिंग भएको पहिलो स्मार्टफोन हुने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!