- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० तोकिएको थियो । आज प्रतितोला ३०० रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सूनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!