संगालोखबर संवाददाता

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बीचमा आवतजावतका लागि म्याग्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएराति अविरल वर्षासँंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाव बढेपछि झोलुंगे पुल बगाएको हो ।

झोलुंगे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयवासीलाई आवतजावत बन्द भएको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका अध्यक्ष डिल पुनले बताए । उनले तत्काल वैकल्पिक व्यवस्था गर्न नसकेमा सिंकोसबगरमा सर्वसाधारण वारिपारी आउनबाट वञ्चित हुनेछन् ।

Advertisement

म्याग्दी नदीको पारिपट्टि रहेको सिंकोसबगरमा करिब एक दर्जन घरधुरीको बसोबास रहेको छ । म्याग्दी नदीमा जीर्ण अवस्थामा रहेको सो पुलबाट यसअघि स्थानीयवासीले जोखिम मोलेर वारपार गर्दै आएका थिए ।

करिब दुई दशक अगाडि निर्माण गरिएको सो झोलुंगे पुललाई स्थानीयवासीले मर्मत गरी वारपारको माध्यम बनाएका थिए ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement