- संगालोखबर सम्वाददाता

विराटनगर । किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि जितेका छन् । टीम प्रमोदबाट फाइनल पुगेका किरण दर्शकबाट सबैभन्दा बढी भोट पाउँदै बिजयी बनेका हुन् ।

Advertisement

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट उपाधि जितेसँगै किरणले नगद २५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । पुर्नस्थापित भएर अमेरिका पुगेका भुटानी शरणार्थी किरण भ्वाइस अफ नेपालकै लागि नेपाल आएका थिए ।

तीनै जना फाइनलिस्टले ट्रफी पाएका छन् । एसएमएस र अनलाइनमार्फत उनीहरुलाई भोटिङ्ग गरिएको थियो । एक सातासम्मको भोटका आधारमा बिजेता घोषणा गरिएको हो । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो रियालिटी शो प्रशारण हुँदै आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!