संगालोखबर संवाददाता

मेष– वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ  ।

वृष– काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला ।

Advertisement

मिथुन– सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ  ।

कर्कट– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ ।

सिंह– स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला ।

कन्या– काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।

तुला– तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ ।

वृश्चिक– टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ  ।

धनु– भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ ।

मकर– तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन ।

कुम्भ– आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।

मीन– काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement