
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ रगत वलि दिनु भनि भन्छन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ दलित तिमी नआउ भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ पैसा भेटी माग्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ पशु र पन्छिको वलि देउ भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ रगतले रंगाउनु मलाई भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ हत्या हिंसा गर भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ वलि नदिए रिसाउँछु म भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ पैसा पाए खुसी हुन्छु भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ सँधै म बस्छु भनि भन्दछन भगवानले ।
कुन मन्दिर छ र त्यस्तो ?
जहाँ सँधै म हाँस्छु भनि भन्दछन भगवानले ।