संगालोखबर संवाददाता

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.
मिष्ठान्न भोजन प्राप्त हुने समय आएको छ । इष्टमित्रसँग पनि भेटघाट होला, भेटघाटले मानसिक उर्जा प्राप्त हुने देखिन्छ । यात्राका क्रममा सावधान रहनु भए बेश होला । समाजका मान्यजनहरुसित पनि सम्पर्कहोला । मान्यजनको सर सल्लहबाट चल्न सके तपाईंको पनि भलो हुने साता छ । तपाईंको कुनै सामान हराउन पनि सक्छ, आफ्नो सामानको सुरक्षामा ध्यान दिनु पर्ने देखिन्छ । घरपरिवारले पनि तपाँर्इँको काममा राम्रो सहयोग गर्नेछन् ।

बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो.
घरायसी एवं विलासिताका सामन किनमेल गर्नमा समय वित्ला । राजनीतिप्रतिको चासोमा पनि कमी आउने छैन । समयको प्रतिक्षा गर्नहोला । अनावश्यक कुराको विवादमा परिएला सावधान रहनु होला । पत्र पत्रिका तथा सञ्चार क्षेत्रमा रहनुहुनेहरुले रमाइलो तरिकाले काम गर्न पाउनु हुने छ । सरकारी सेवामा रहनुहुनेहरुका लागि महत्वपूर्ण बेला छ । समग्रमा साता फलदाई रहला ।

Advertisement

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के. को. ह.
सामाजिक कामको जिम्मेवारी वहन गर्नु पर्नेछ । अतिथि आवगमन हुने पनि बलियो संभावना छ । वैवाहिक जीवन अनि प्रेम प्रसङ्गमा रमाईलो साता रहने छ । तपाईंले नचिताएको व्यक्तिले पनि सहयोग गर्ने देखिन्छ । इष्टमित्रहरुसँग पनि भेटघाट हुनेछ । पछिका लागि आवश्यक सर–सल्लाह तथा योजनाहरु बनाउने साता छ । विभिन्न ठाउँको भ्रमण हुने पनि समय आएको छ ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.
पारिवारिक वातावरण सुमधुर हुनेछ । धन द्रव्य लाभका अवसर पनि आउने छन् । पढाइलेखाइबाट केही गर्नसकिन्छ जस्तो छ । उपहार पुरस्कार आदि पनि प्राप्त हुने सम्भावना रहेको साता छ । सानो मसिनो कुरामा अलिकति तनाब भएपनि नराम्रो मान्नु पर्ने समय छैन । कलाकारिता र अध्यात्मिक क्षेत्रप्रति रुच जानेछ अनि घर परिवारको शुभ समाचारले मनलाई आनन्दित बनाउने साता छ ।

सिंह राशि– मा. मि. मू. मे. मो. टा. टि. टू. टे.
शारीरिक स्फुर्ति हुने किसिमको विभिन्न खेलकुद आदिमा सरिक हुनु पर्ला । इष्टमित्रहरुबाट पनि यथायोग्य सहयोग प्राप्त हुने देखिन्छ । आर्थिक उपार्जन गर्ने बेला पनि यही हो समय र आफ्नो कामको व्यवस्थापन मिलाउनु होला । यो साता तपाईलाई अचानक कुनै चोटपटक लाग्ने सम्भावना रहेकाले सावधान रहनु होला । मुद्दा मामिलामा भने तपाईंको पक्ष कमजोर स्थितिमा छ, त्यसैले त्यसतर्पm नसोच्नु नै बेश होला । फलाम सम्बन्धि काममा राम्रो साता छ ।

कन्या राशि– टो. पा. पी. पू. ध. ण. ठ. पे. पो.
ऐतिहासिक कामको थालनी हुने बलियो संभावना छ । तपाईंको बौद्धिक क्षमताको प्रदर्शन पनि यसै अवसरमा हुने देखिन्छ । अतिथि आगमनको पनि साता छ । सरकारी जागिर मिल्ने बलियो संभावना छ । आफ्नै परिश्रमले महत्वपूर्णठाउँको जिम्मेवारी वहन गर्नु पर्ने देखिन्छ । मान सम्मानमा पनि वृद्धि होला । पठन पाठनमा भने रुची अलि कम बन्ला । घर परिवारबाट प्रशस्त सहयोग प्राप्त हुनेछ । समग्रमा साता राम्रो छ ।

तुला राशि– रा. रि. रु. रे. रो. ता. ति. तु. ते.
विशिष्ट अधिकारी वा प्रतिष्ठित व्यक्तिबाट विशेष सुख सहयोग प्राप्त होला । आर्थिक काम कारोबारमा लाभ होला । तपाईको पछाडि बसेर खुट्टा तान्न खोज्ने शत्रुहरु यो साता तपाईं सामु माफी माग्न आइपुग्लान् । पठनपाठनमा रुचि बड्नेछ अनि सफलता पनि प्राप्त होला । लामो दुरीको रमाइलो यात्राको अवसर पनि आउला । आमाका कूलबाट प्राप्त सहयोग र हौसलाले महत्वपूर्णकाममा सफलता प्राप्त होला । सवारी साधनको प्रयोग गर्दा भने सावधान रहनु पर्ने देखिन्छ ।

बृश्चिक राशि– तो. ना. नि. नु. ने. नो. या. यि. यू.
काम गराईको जोश, जाँगर र आत्मविस्वासमा दोब्बर वृद्धि होला । नयाँ कामको पनि योजनाहरु बनाउने साता रहेको छ । व्यवसाय वा दैनिक पेशाबाट पर्याप्त लाभ हुने देखिन्छ । आर्थिक काम कारोबारमा आशा गरे अनुसारकै लाभ हुनेछ । प्रेममा पनि मिलन होला । मान्यजन वा विशिष्ट व्यक्तिहरुबाट सुख सहयोग र आशिर्वाद मिल्ने छ भने घाउ चोटपटक वा साधारण दुर्घटनाको पनि सम्भावना रहेकाले सावधान रहनु होला । समग्रमा साता मध्यम किसिमको छ ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.
आद्यात्मिक तथा धार्मिक चिन्तनको क्षेत्रबाट प्रगति गर्नसकिने छ । तपाईंलाई यो साता मान प्रतिष्ठा पनि प्राप्त होला । समाजका मान्य व्यक्तिहरुसित राम्रो सम्पर्कहोला । नयाँ काम गर्दा साथिभाईको सल्लाह लिएर मात्र गर्न होला । समयको ख्याल राखेर काम गर्नहोला । तपाईंको सोच अनुसार काम गर्ने समय छ । यो साता तपाईंले घर परिवारको शुभ समाचार सुन्न पनि पाउनु हुनेछ ।

मकर राशि– भो. जा. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. गा. गी.
नयाँ कामका लागि उचित मौका रहेको साता छ । सन्तानपक्षबाट तपाईंलाई यो साता काममा भरपुर सहयोग मिल्ने देखिन्छ । सञ्चारको क्षेत्रमा काम गर्न वातावरण बन्नेछ । मन चञ्चल पनि रहला । तपाईंको पछाडिबाट टेवा दिने धेरै नै होलान् । आर्थिक पक्ष पनि बलियो छ । सामाजिक सदभाव प्राप्त हुने साता छ । आर्थिक पक्षको लागि कुनै खास समस्या देखिन्न । सेवाभावप्रति समर्पित हुने समय छ ।

कुम्भ राशि– गु. गे. गो. सा. सी. सू. से. सो. दा.
यो सातो कामको जिम्मेवारी बड्दै जानेछ । समयको प्रतिक्षामा रँहदा राम्रो होला । प्राविधिक तथा व्यवसायिक क्षेत्रबाट राम्रो प्रगति गर्नसकिने छ । शुक्रवारको दिन साथिभाइ संगको भेटघाटले मन रमाउने छ । तपाईंका दैनिक कामकाजहरु यो साता सजिलै सफल होलान् । अलिकलि पारिवारिक झमेलामा भने पर्न सकिने छ । यो साता तपाँईले कुनै विशेष काममा संलग्न हुनु पर्ला ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. चा. ची.
लगानी गरे भन्दा बढी नै आर्थिक लाभ हुने समय छ । सामान्य कामबाट पनि राम्रै आम्दानी होला । अरुको सर–सल्लाह र तपाईंको आपनै निर्णयमा काम गर्न सके राम्रो हुने साता छ । खर्चअलि बडी नै हुने समय छ सावधान रहनु होला । मनोरञ्जन अनि भ्रमणको पनि समय छ । नेता वा सरकारी अधिकारीबाट सहयोग र हौसला पनि प्राप्त हुने साता छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement