संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियान थालेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर सुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राई भएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियान सुरुवात गरेको हो ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको सुरुवात गरिएको हो । अभियान सुरु गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवस्यक रहेकोमा जोड दिइन् । उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै सवैको सहयोगले मात्र कोरोना नियन्त्रण सम्भव हुने बताइन् । अभियानका क्रममा मन्त्री राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापा, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता थियो । सामाजिक विकास मन्त्रालयले मोरङ बाहेकका जिल्लाहरुमा पनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ ।

जनचेतना मुलक अभियान सुरुगर्नु पूर्व सामाजिक विकास मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गरेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!