संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरवाहीका कारण सुत्केरी गराउँने क्रममा शिशुको मृत्यु भएको भन्दै विरामीका आफन्त आक्रोशित भएका छन् । सुत्केरी गराउँन नोबेल अस्पताल भर्ना भएकी इटहरी–१ आँपगाछीकी सरिता प्रधानको पेटभित्रै शिशुको मृत्यु भएपछि चिकित्सकको लापरबाही देखाउँदै आफन्त आक्रोशित भएका हुन् ।

Advertisement

उनीहरुले विराटनगरमा पत्रकार सम्मेलन गरेर उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् । उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण गर्भमै शिशुको मृत्यु भएकाले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

२५ चैतमा अस्पताल भर्ना भएकी सरिताको भ्याकुमले तान्ने क्रममा शिशुको मृत्यु भएको परिवारको आरोप छ । बच्चा जन्माउँने क्रममा भ्याकुमले तान्दा शिशुको मृत्यु भएको सुत्केरी सरिताका श्रीमान् मनिषले बताए । बच्चाको जीउभरी निलडाम रहेकाले चिकित्सकको लापरवाही प्रष्ट भएको मनिस बताउँछन् ।

शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही नभएसम्म शव नबुझ्ने उनीहरुको अडान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!