संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा (माओवादी केन्द्र) ले धनकुटामा आज जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ । सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूताएपछि माओवादी केन्द्रले पनि हुलाकटोलस्थित चुवाको बोट चौकमा जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको हो ।

Advertisement

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज हेमराज भण्डारी, जिल्ला संयोजक ऋषिराम ढुंगाना लगायत नेताहरुले बोर्डको पर्दा खोल्दै पार्टी कार्यालय उद्घाटन गरेका हुन् । अब, जिल्लाका सात वटै पालिका र ६० वटै वडामा पनि पार्टी कार्यालय स्थापना गरी पार्टीका गतिविधिलाई व्यापक रुपमा अघि बढाउँने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक ढुंगानाले जानकारी दिए ।

यसअघि नेकपा एमालेले पनि जिल्ला पार्टी कार्यालयसहित सात वटै पालिका कार्यालय उद्घाटन गरेको छ । नेकपाको नामका विषयमा परेको रिटमा सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कटेलको पक्षमा फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको एकता बदर गर्ने फैसला गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामै फर्किएका हुन् ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता गरी नेकपा पार्टी बनाएर अघि बढेका दुवै पक्ष सर्वोच्चको फैसलापछि अहिले अलग–अलग पार्टीको रुपमा अघि बढेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!