- संगालोखबर सम्वाददाता

विराटनगर । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार १ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलाको ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!