- संगालोखबर सम्वाददाता

धनकुटा । प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धनकुटा अध्यक्षमा दुर्गा लिंखा मनोनित भएका छन् । सो पार्टीको केन्द्रिय सचिवालय बैठकले लिंखालाई पार्टीको जिल्ला अध्यक्षमा मनोनित गरेको हो । त्यस्तै, बैठकले ऋषिराम ढुंगानालाई पार्टीको जिल्ला सचिवमा कायम राख्ने निर्णय गरेको छ । पूर्व माओवादीबाट प्रतिनिधित्व गरेका ढुंगाना पूर्व एमाले र माओवादी एकतादेखि नै पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Advertisement

पूर्व एमालेबाट प्रतिनिधित्व गर्ने अध्यक्ष राजेन्द्र राई केपी ओली समूहमा लागेपछि उनको ठाउँमा प्रचण्ड–माधव पक्षले पूर्व एमालेकै उपाध्यक्ष लिंखालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अहिले केपी ओली समूह र प्रचण्ड–माधव समूहले बेग्ला–बेग्लै अभियान चलाइरहेका छन् ।

प्रचण्ड–माधव पक्षीय नेकपाको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकले पार्टीको रिक्त रहेका पदहरुमा पदपूर्ति गर्न केन्द्रिय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको थियो । सोही अनरुप रिक्त ठाउँमा जिम्मेवारी प्रदान÷कायम गरिएको नेकपाले जनाएको छ । सचिवालयले धनकुटासहित ६८ जिल्लाको नेतृत्व प्रदान/कायम गर्ने काम टुंग्याएको छ । जसमा पूर्व माओवादी पक्षले ३५ जिल्ला र पूर्व एमाले पक्षले ३३ जिल्लाको अध्यक्ष पाएका छन् ।

प्रचण्ड–माधव पक्षले पार्टी संगठनभित्र पूर्व एमाले र माओवादी पक्ष ५०/५० प्रतिशतमा भागबण्डा गर्ने निर्णय गरेको छ । अब ९ जिल्लाको नेतृत्व टुंग्याउँन वाँकी रहेकाले यसमा दुवै पक्षलाई बराबरी हिस्सा हुँने गरी भागबन्डा मिलाउँने तयारी गरिएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!