- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह आफ्नो पक्षले नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । ओली पक्षिय नेकपा प्रदेश १ कमिटीले आज बिराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय जनसभालाई संवोधन गर्दै ओलीले सूर्य चिन्ह आफुहरुले पाउँने दावी गर्दै नपाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

Advertisement

सूर्य चिन्ह आफ्नो पक्षले पाउँने र चुनाव पनि तोकिएको मितिमै हुँने दावी गर्दै ओलीले यसमा जालझेल र सड्यन्त्र भएमा आन्दोलन चर्काएर परास्त गर्ने चेतावनी दिए । ‘सूर्य चुनाव चिन्ह हामीले पाउँछौ, चुनाव हुन्छनै, तपाईहरु आत्माविश्वासका साथ अघि बढ्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने ‘यदि कुनै प्रकारको जालझेल सडुयन्त्र टिक्रम सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन अघि बढ्छ, फेरी पनि हामी त्यस्ता शक्तिलाई पराजित गछौं ।’

प्रधानमन्त्री ओलीले तोकिएको मितिमै चुनाव हुँने भएकाले देश बिगार्ने, राम्रो कामको विरोध गर्ने र पदका पछि हिड्नेहरुलाई चिनेर पराजित गर्न आग्रह गरे । उनले देशभक्त, लोकतान्त्रिक, विकास गर्ने, सुशासन दिने र समृद्ध नेपाल सुखी नेपालीको समना देखेर अगाडि बढ्ने शक्तिलाई जनताले जिताउँने विश्वास व्यक्त गरे ।

फरक प्रशंगमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर अघि बढ्न प्रस्ताव राखेका छन् । अझै पनि चाहने भए फर्किएर आउँन प्रचण्डलाई ओलीको आग्रह छ । ‘अझै पनि तपाई (प्रचण्ड) फर्किन चाहनुहुन्छ भने फर्किनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्,’ ओलीले भने ।

तस्वीर : रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!