- रासस

मोरङ । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

Advertisement

प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायक विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ ।

विराटनगरभरिको अडिसन यही फागुन ४ र ८ गते हुने छ । कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि २५ वर्षसम्मका अविवाहित युवक-युवती सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!