संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयलगाडा चिन्ह लिएर चुनाव लड्न सुझाव दिएका छन् । प्रतिनिधि सभा बिघटनविरुद्ध आज धनकुटामा नेकपाको प्रचण्ड–माधव समूहले गरेको विरोध सभालाई संवोधन गर्दै बरिष्ठ नेता नेपालले ओलीलाई बयलगाडा चुनाव चिन्ह उपयुक्त हुँने सुझाव दिएका हुन् ।

Advertisement

माधव नेपाल र प्रचण्ड भएको नेकपामा सूर्य चुनाव चिन्ह रहने दावी गर्दै नेता नेपालले सूर्य चिन्हको आश नगर्न ओलीलाई सुझाव दिए । ‘कतिपय मान्छे सूर्य चिन्ह कता जान्छ भनेर अझै पनि अन्यौल भएर बसेका छन् । ढुक्क हुनुहोस्, माधव नेपाल र प्रचण्ड जहाँ छन् सूर्य चिन्ह त्यही हुन्छ ।’ नेता नेपालले भने–‘गणतन्त्र ल्याउँनु र बयलगाडामा चढेर अमेरीका जानु उस्तै हो भन्ने केपी ओलीलाई बयलगाडा नै सुहाउँछ, बयलगाडा चिन्ह लिएर चुनाव लड्दा हुन्छ ।’

नेता नेपालले नेकपाका २५ प्रतिशत अर्थात १ सय केन्द्रिय सदस्यसमेत साथमा नरहेका ओलीले आफु आधिकारीक रहेको दावी गर्नु हास्यास्पद भएको टिप्पणी गरे । आफुहरुसँग ३ सय अर्थात दुई तिहाई केन्द्रिय सदस्य रहेको दावी गर्दै नेता नेपालले विश्वास नभए सबै केन्द्रिय सदस्यलाई लिएर निर्वाचन आयोग जान तयार रहेको बताए । केपी ओलीलाई सुधार्न बामदेव गौतम लागिपरेको भन्दै नेता नेपालले बालुवा पेलेर तेल निकाल्न नसकिने टिप्पणी पनि गरे ।

ओलीले आफुहरुलाई काम गर्न नदिएको आरोप लगाउँने गरेको भन्दै नेता नेपालले आफुहरुले ओलीलाई नराम्रो काम गर्न मात्र रोक्न खोजेको बताए । ‘काम गर्न दिएनन् भन्दै हिडेका छन् । हामीले राम्रो काम गर्नु, खराब काम चै नगर्नु भनेका हौं ।’ प्रश्न गर्दै उनले भने–‘राम्रो काम गर्न कहाँ रोकेका छौ ? भ्रष्टाचार नगर्नु, राम्रो काम गर्नु भन्दा रोकेको हुन्छ ?’ नेता नेपालले धनकुटेली जनतालाई ओलीको साथमा लागेर भविश्य वर्वाद नगर्न सुझाव पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!