- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरमा शुक्रबारदेखि दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । बसन्त पञ्चमीको अवसर पारेर महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समिति महालक्ष्मीले प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले प्रतियोगिता उद्घाटन गरेका छन् । खेल उद्घाटन गर्दै मेयर नेपालले महालक्ष्मी नगरपालिकाले खेलकुदको क्षेत्रलाई पनि प्राथमिकतामा राखेको भन्दै खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जितपुर बी बिजयी भएको छ । जितपुरस्थित जनता माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा डाँडागाउँ फुटबल क्लवलाई २–० गोल अन्तरले हराउँदै जितपुरले बिजयी सुरुवात गरेको हो ।

त्यस्तै, दोस्रो खेलमा छथर जोरपाटी–१ लाई ट्राइबेकरमार्फत ८–७ गोल अन्तरले हराउँदै मार्गा युवा क्लव बिजयी भएको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । शनिवारको पहिलो खेल महालक्ष्मी–२ मारेककटहरे र सहारा यूथ क्लव महालक्ष्मीबीच हुँने प्रतियोगिता उद्घाटन कार्यक्रमका सञ्चालक बिनोद ढकालले जानकारी दिए ।

पाँच दिनसम्म सञ्चालन हुँने प्रतियोगितामा धनकुटा, भोजपुर, तेह्रथुम र झापाका १६ टिम सहभागि छन् । प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!