काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो समूहले काठमाडौंका बिभिन्न स्थानबाट जुलुश प्रदर्शन गर्नुका साथै भृकुटीपण्डपमा विरोध सभा आयोजना गरेको हो ।
हजारौं मानिसको सहभागितामा उपत्यकाका पाँच स्थानबाट विरोध जुलुस निश्किएको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निश्किएको जुलुश भृकुटीपण्डप पुगेर सभामा परिणत भएको छ । विरोध सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद् विघटनपछि निरन्तर आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले यसअघि पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।