धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकामा छिन्ताङ्ग शहिदकप फुटवल प्रतियोगिता शूरु भएको छ । मितेरी युवा क्लवको आयोजनामा सहिदभूमि गाउपालिका-१ स्थित लामेचाैर खेल मैदानमा प्रतियाेगिता आयोजना गरिएकाे हाे ।
प्रदेश सभा सदस्य निरन राईले प्रतियाेगिता उद्घाटन गरेका छन् । प्रतियोगिताकाे पहिलो खेलमा आयोजक मितेरी युवा क्लवलाई ५-४ गाेल अन्तरले पराजित गर्दै अजम्वरी युवा क्लव सागुरीगढी विजयी भएकाे छ ।
प्रतियाेगितामा धनकुटा र सुनसरीका २४ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी,मेडल र प्रमाण पत्र, दोश्रोले नगद ३५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियाेगिता माघ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ ।