संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले गोली हानेर छोरीको हत्या गरेका छन् । बुबाले हानेको गोली लागेर बेलमतीको मृत्यु भएको हो ।

धनबहादुरले गोली हानेर छोरीको हत्या गरेपछि घरमा आगजनीसमेत गरेका छन् । शनिबार साँझ करिव ४ बजे छोरीको हत्या गरेर धनबहादुर फरार भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार श्रीमतीसँग झगडा भएको विषयमा विवाद हुँदा धनबहादुरले घरमा राखेको भरुवा बन्दुकबाट छोरीलाई गोली हानेका थिए । त्यसपछि घरमा आगोसमेत लगाएको पाइएको छ । धनबहादुर अहिले फरार छन् । प्रहरी उनको खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!