संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले घोषणा गरेको आमहड्तालमा बन्द गराउँन सडकमा निस्केकालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

नेकपाका नेता अष्टलक्ष्मी शाक्य र हितमान शाक्यसहित ८ जनालाई कलंकीबाट प्रहरीले पक्राउ गरेको हो । नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह आमहड्ताल गराउन शान्तिबाटीकामा निस्केको छ भने सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ । त्यस्तै गोंगबुमा आमहड्ताल उल्लंघन गरेको भन्दै टाटासुमो तोडफोड गरिएको छ । साथै एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ ।

बुधबार प्रचण्ड–माधव समुहले पत्रकार सम्मेलनमा आयोजना गरेर यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिएको थियो । तर आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । त्यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाध रुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!