संगालोखबर संवाददाता

मेष– आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ ।

वृष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला ।

Advertisement

मिथुन– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

कर्कट– अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।

सिंह– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कन्या– कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

तुला– आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।

वृश्चिक– काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।

धनु– सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

मकर– महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ ।

कुम्भ– भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला ।

मीन– आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement