- संगालोखबर सम्बाददाता

विराटनगर । सीमा नाकामा सहज रुपमा आवतजावत गर्न दिनुपर्ने माग गर्दै विराटनगरस्थित रानी भन्सारमा आज स्थानीयबासीले प्रदर्शन गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम आवश्यक शर्तसहित नाका खुल्ला गरिएको छ । तर, शर्तरहित स्वतन्त्र रुपमा सीमा नाका खोल्नुपर्ने माग गर्दै युथ युनिटी अफ नेपालको अगुवाईमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

Advertisement

विगतमा जस्तै किनमेल, आफन्त भेटघाट, औषधी उपचार, घुमफिर लगायतका लागि सीमानाका खुल्ला गरिनुपर्ने माग गर्दै प्रदर्शन गरिएको स्थानीय हामिद आजादले बताए । ‘जोगबनी जान खोज्दा प्रहरीले गेट क्रस गर्नै दिदैन’ आजादले भने–‘हामीले सहज रुपमा आउँन जान पाएका छौनौं, त्यसकै लागि प्रदर्शन गरेका हौं ।’

सरकारले कोरोना महामारी रोकथामका लागि चैत्र ११ देखि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरेको थियो । तर, जनजीवन केही सहज बन्दै गएपछि माघ १६ गतेदेखि शर्तसहित भारत र चीनसँग सीमा जोडिएका देशभरका ३० वटा नाका खुल्ला गरिएको छ । शर्त अनुसार स्वदेश फर्किन चाहने नेपालीहरुले सीसीएमसीको वेबसाईटमा राखिएको अनलाइन फारम भरेपछि प्राप्त हुने बारकोडसहितको प्रवेशआज्ञा पत्र देखाएर प्रवेश पाउने व्यवस्था गरिएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सरकारले सीमानाका पूर्ण रुपमा खुुल्ला गरेको नभई नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको हकमा सहजीकरण मात्र गरेको बताए । उनले भारत जान चाहने नेपालीहरुको हकमा भने कुनै रोकटोक नभएको स्पष्ट पारे ।

सीमानाकाबाट आवतजावत गर्ने नेपाली नागरिकहरुको हकमा सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रन दिने व्यवस्था गरेको छ । सरकारले भारतीयनागरिकहरुको हकमाभने गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था गरेको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!