काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउँने बताएका छन् । खोप अभियान शुभारम्भ समारोहलाई आज बिहान बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका हुन् ।
भारतले अनुदानमा खोप उपलब्ध गराएको प्रति भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले अब भारतबाट किनेर पनि खोप ल्याइने बताए । भारतले कोभिशिल्ड खोपको १० लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
नेपालमा आजबाट पहिलो पटक देशभर कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई कोभिशिल्ड खोप लगाईदैछ ।