- संगालोखबर सम्बाददाता

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार विराटनगरमा सिट्टी जुलुस निकालिएको छ । नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुुससहित बजार परिक्रमा गरेको हो ।

पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुले जनआन्दोेलन चौकदेखि सिट्टी बजाउँदै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि जलजला चौकमा पुगेर जुलुश कोणसभामा परिणत भयो ।

सभालाई सम्बोधन गर्दैै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य ओसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागि तयार बस्नुपर्ने बताए । उनले सत्ताको नाममा मूलुकलाई प्रतिगमनतर्फ डोर्याउँने प्रधानमन्त्री ओलीको आदेश पालना भयो भने भोलिका दिनमा सबैको हिसाब हुने चेतावनीसमेत दिए ।

संसद् विघटनविरुद्ध पछिल्लो समय देशव्यापी रुपमा भईरहेको संघर्षलाई निरन्तरता दिँदै नेकपा प्रदेश कमिटीले आगामी माघ १६ गते विराटनगरमा जनप्रर्दशन गर्ने तयारी गरेको छ । प्रदर्शनमा ५० हजार कार्यकर्ता उर्तार्ने नेकपा नेता पारुल क्षेत्रीले जानकारी दिए ।

प्रर्दशनलाई नेकपा अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!