- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल पुष २६ गते आइतबार ई. सं. २०२१ जनवरी १० नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र ११ः.९ सम्म त्यसपछि ज्येष्ठा नक्षत्र, गण्ड योग १२ः ६ सम्म त्यसपछि वृद्धि योग, तैतल करण ५ः१५ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३४ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछा भने नसोचेको धन लाभ हुनसक्छ । तापनि, झिनामसिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ । आठौं चन्द्रमा भए पनि सकारात्मक ऊर्जा प्राप्त भएकाले आत्मबल र हिम्मत बढ्ने छ । स्वास्थ्यमा देखिएको कमजोरी निराकरण हुनेछ । आँटेको काममा देखिएका व्यवधान पन्छाएर उपलब्धी लिन सकिने छ । तर सानातिना काममा अल्मलिएर समय खेर जानसक्छ, सचेत रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन फुरुङ्ग हुनेछ । हाँके÷ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)–
यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन। तर्क र बहसमा पकड भएकै दिन, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैनन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अध्ययनमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रमा पनि राम्रै देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन। विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने सङ्केत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अशुभ चन्द्रमाको प्रभाव छ । परिवारमा आमा वा पति÷पत्नीको स्वास्थ्यस्थितिका बारेमा सचेत हुनुपर्छ । पारिवारिक भेटघाटमा किचलो हुनाले मन खिन्न हुनसक्छ । आत्मीयजनसँगको दूरी बढ्ने छ । अरूको फाइदाका लागि उपयोग भइने छ एवं परिस्थिति पनि आफ्ना लागि प्रतिकूल नै रहने न्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले पनि दुःख दिनेछ । नजिकका साथीभाइ टाढिन सक्छन। यद्यपि योजना गोप्य राखी गरेमा केही काममा सफलता मिल्नेछ । कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । परिश्रमको बलमा प्रतिस्पर्धाको दौडमा विजय पहिल्याइने छ । भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । मान–सम्मानको संरक्षणमा भएका प्रयास सफल हुनेछन। गरेको प्रयासअनुरूप व्यावसायिक काममा राम्रो फाइदा उठाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन। शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन। उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमी/कमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन। स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खर्च गराउने भावमा चन्द्रमाको बास छ तर सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । प्रलोभन देखाउनेहरूको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, सजग रहनुहोला । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय उत्साहवद्र्धक रहेको छ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । परिवारजनमा आत्मीयता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन। घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ । सुखद यात्राको सम्भावना छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राज्ञिक र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!