संगालोखबर सम्वाददाता

ईटहरी । गायक तथा संगितकार जितेन राईलाई लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । पुर्वेली मिडिया नेटवर्कको आयोजनामा ईटहरीमा शुक्रबार सम्पन्न रमपम पूर्वेली म्युजिक अवार्डमा राईलाई २५ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पत्रकार गोपाल दाहाललाई ५ हजार राशिसहितको रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।

Advertisement

कार्यक्रममा उत्कृष्ट नयाँ गायक गायिकातर्फ श्रेया राइको एक्ले बर, बर्षको उत्कृष्ट गीततर्फ केशब राइको जुनेली माया, उत्कृष्ट भोकल कोल्याब्रेसन कृष्णभक्त राइ र सुनिता थेगिमको धानैमा नाच्नु, उत्कृष्ट शब्द गौरभ दर्पणको पूर्वै रमाइलो, उत्कृष्ट प्रस्तुति (पुरुष) मा भिषण मुकारूङ राइको खोर्सानी डल्ले, उत्कृष्ट प्रस्तुति (महिला) मा सृष्टि हिङमाङको पूर्वै रमाइलो, उत्कृष्ट पूर्वेली लोक दोहोरी, जुहारी गीतमा अन्जु गौतम तथा माधव दाहालको एकसरे मायाले अवार्ड पाएका छन् ।

त्यस्तै उत्कृष्ट कम्पोजिसनमा रोशन वान्तवा सुच्चा राईको भोजपुर डबली, बेस्ट एरेन्जमेन्टमा रूद्र श्रेष्ठको बर पिपलको छाँया, बेस्ट पूर्वेली कमेडी गीतमा श्रीकृष्ण लुइटेलको सुनको सिक्री, बेस्ट मारूनी गीत बबिना किरातीको माथी माथी हिमाली भेगमा, उत्कृष्ट राई गीतमा उर्मिला राइको ढुड्कु ढुड्कु ढोल बजाँउदै, उत्कृष्ट लिम्बु गीत हेमु स्मृतीको चोङ्माङको हिमधाङ तक्तेओ, उत्कृष्ट तामाङ गीतमा मंगल सिङ तामाङको च्याओला, उत्कृष्ट थारु गीतमा गीता चौधरीको हामे मोरङिया थरूनी, उत्कृष्ट राजबंशी गीत पवलदीप विश्वासको झोल मका झोल, उत्कृष्ट मैथिली गीतमा अन्जु यादवको चिपक चिपक, बेस्ट सिनेमेटोग्राफी शिरकुमार साङपाङको सुम्निमा, उत्कृष्ट भिडियोमा कुशल थुलुङको सेवारो सोल्टिनि ज्यू, उत्कृष्ट भिडियो सम्पादनमा हेमन तामाङको हान गुलेलीले उपाधि जितेका छन् ।

पुर्वेली लोक गीत संगित प्रति समर्पित भएर मोफसलमा पहिलो पटक सर्वाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड कार्यक्रम गरेर सांगीतिक क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुलाई सम्मानित गरिएको पुर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!