मेष– आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ ।

वृष– स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

Advertisement

मिथुन– आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ ।

कर्कट– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला ।

सिंह– काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ ।

कन्या– सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ ।

तुला– प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।

वृश्चिक– पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।

धनु– जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।

मकर– लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ ।

कुम्भ– पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।

मीन– घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!