काठमाण्डौ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा ‘अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’  र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ प्रस्तुत भएका छन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै सङ्घ, प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी  दिए ।

Advertisement

 यसअघि बैठकले नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरद्वारा संयुक्त रुपमा प्रस्तुत ती विधेयकमाथिको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!