काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेको हो ।
सोमबार तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।