ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल साउन ३ गते शनिबार ई. सं. २०२० जुलाइ १८, नेपाल सम्बत ११४० दिल्लागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ७ ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १ बजेर ५३ मिनेट देखि ५ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आध्यात्मिक भावनाको विकास हुनेछ। सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ। बन्दव्यापारमा राम्रो छ। पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ, आकाङ्क्षापूर्ण हुनेछन।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्नेछ। आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन। स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ। कार्यमा बिलम्ब हुनेछ। मनोरञ्जनात्मक क्रियाकलापमा धन खर्च गर्न मन हौसिनेछ। दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। निर्णय सार्थक हुनेछ। मित्रवर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। आम्दानीमा कमी आउनेछैन, मनमा कताकता केही कमी भएझैं लागेपनि समग्रमा आजको समय लाभकारी नै हुनेछ। पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ। धैर्यले काम लिने समय छ। काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ। साथीभाइ टाढिने छन। लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ। बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचे बमोजिमका मन बन्नसक्छ। प्रणय सम्बन्धमा चिसोपन आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
अध्ययन अध्यापन सफल रहेको छ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। पशुव्यवसाय र कृषि पेसाबाट सन्तोषजनक लाभ हुनेछ। नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ। साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गरेको प्रयास सार्थक बन्नेछ। रोजगारीको राम्रो अवसर हात पर्नसक्छ। सरकारी जागिरेले महत्वपूर्ण अवसर प्राप्त गर्नेछन, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ। अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ। मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तिगत महत्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्य बृद्धि हुनसक्छ। नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ। आजधार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ। व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन साँझपख शुभ कुराको सङ्केत मिल्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ। सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ। यात्राका क्रममा सचेत हुनुपर्छ। परिवारका सदस्य अस्वस्थ हुन सक्छन आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन। शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन किसिमकिसिमका समस्याहरू निम्त्याउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ। प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउनसक्छ। बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ। घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ। प्रतियोगिता बाट निराशा हात लाग्नेछ। तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विद्यार्थीका लागि सकारात्मक दिन नै रहनेछ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ। आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ। व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नुहुँदैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ। घरपरिवार र छरछिमेकमा असमझदारी बढ्नसक्छ। रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिनेछ। अभिभावक,मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!