संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आईतबार दलितहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । प्रदेश सभा सदस्य लिला सुब्बाको सांसद विकास कोषको सहयोगमा सामाजिक कल्याणका लागि प्रभावकारी समूहले तालिम आयोजना गरेको हो ।

Advertisement

तालिममा धनकुटा नगरपालिका वडा नं. ५ का दलित महिलाहरु सहभागि थिए । उनीहरुलाई नेपाल दलित संघका केन्द्रिय सदस्य रविन्द्र नेपालीले प्रशिक्षण दिएका छन् । नेपालको संविधान, राज्यमा दलितको सहभागिता, दलितको अवस्था लगायत विषयमा सहभागिहरुलाई प्रशिक्षण दिइएको आयोजक समूहका अध्यक्ष सुमना तिम्सिनाले जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा–५ का वडा सदस्य अम्विका परियार, दलित एकता समाजका अध्यक्ष कोपिला शंकर, अधिकारकर्मी अनुजा पराजुली, पत्रकार सरिता वराईली राई लगायतले दलितहरुको क्षमता विकासमा सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!