- संगालोखबर संवाददाता

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आईतवारदेखि औपचारिकरुपमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा फागुन १४ गते गर्न लागिएको स्ववियु निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदैछ ।

विभिन्न क्यापसमा विद्यार्थी भर्नासमबन्धी विवाद सुल्झिएपछि त्रिविले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नामावली सार्वजनिक गर्ने गरी विद्यार्थी संगठनबीच सहमति जुटेको छ । क्रियाशील १० विद्यार्थी संगठनबीच तोकिएकै समयमा निर्वाचन गर्ने र निर्वाचनमा सहभागिता जनाउने गरी शनिबार सहमति भएको छ ।

आइतबार मतदाता नामावली प्रकाशन भएपछि फागुन ४ गते उम्मेदवारको मनोयनपत्र दर्ता गर्ने र ५ गते उम्मेदवारको नामावली प्रकाशन हुने स्ववियु निर्वाचन तालिका छ । तालिका अनुसार उम्मेदवारमाथि परेको दाबी विरोधपछि फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

स्ववियु चुनावमा सभापति, कोषाध्यक्ष र सचिवका लागि प्रत्यक्ष निर्वाचन हुने छ भने अरु पदका लागि समानुपातिक आधारमा चुनिने बताईएको छ । केही क्याम्पसहरुमा भने विद्यार्थी भर्नासम्बन्धी विवाद अझै सुल्झिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!