मेष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ ।
वृष– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।
मिथुन– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।
कर्कट– भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
सिंह– व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।
कन्या– अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला ।
तुला– अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
वृश्चिक– लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।
धनु– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
मकर– धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला ।
कुम्भ– निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होेला ।
मीन– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ ।