- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठ ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट सम्मानित भएका छन् । धनकुटाका खलाडी श्रेष्ठलाई सहारा क्लब पोखराले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसर पारेर बिहिबार पोखरामा सम्मान गरेको हो ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले नगद ३५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी श्रेष्ठलाई सम्मानित गरे । फुटबल खेलको विकासमा योगदान पुर्याउने खेलाडीलाई क्लबले सम्मान गर्दै आएको छ ।

सहाराले यसअघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ । धनकुटाको हुलाकटोल घर भएका सुजल ९ बर्ष अघिदेखि राष्ट्रिय टोलीमा छन् । उनले यसपटक एक मैत्रीपूर्ण खेलमा नेपालको कप्तानीसमेत गरेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा नेपाली यू–२३ को कप्तानी सुजलले गरेका थिए । उनलाई केहि महिना अघि धनकुटामा पनि सम्मानसहित अभिनन्दन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!