ज्यो.प. नारायणप्रसाद दुलाल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिनामा तपाईको राशिबाट एघारौं स्थान मा भ्रमण गर्दै छ, त्यसैले आर्थिक पक्ष सुदृध हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्यमा आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का गुलावी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

Advertisement

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिका लागि फाल्गुन महिना लाभदायी नै रहनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योगपनि बन्नेछ । कसै कसैलाई वैवाहिक सम्बन्धमा बाँधिने योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशिका लागि फाल्गुन महिनामा भाग्योदय हुनेछ । रोकिएका अधुरो कार्यले गति लिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा मान प्रतिष्ठा मिल्नुका साथै विशेष लगाव रहनेछ । महिनाको उत्तरार्धबाट आफ्नो हक एवं अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । अन्तिम समयमा काम नबन्ने र मनमा नराम्रा विचारपनि आउन सक्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिनामा आफ्नो कार्य क्षेत्रमा सजग रहनु नै उचित हुने देखिन्छ । आफ्नो आर्थिक योजनाहरूलाई कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनामा आर्थिक सामस्या सामान्य हुँदै जानेछ । देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग पहेंलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त राम्रो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशिका लागि फाल्गुन महिनामा नयाँ व्यक्तिसंग सम्बन्ध स्थापित हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । वाहान लाभपनि हुने समय छ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बिष्णु भगवानको दर्शन गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशिका लागि यो महिनामा तपाईको राशिबाट छैठौं स्थान मा भ्रमण गर्दै छ, त्यसैले विजय प्राप्तिको योग बनेको देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । शुभारम्भको चर्चा चल्नेछ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिनामा तुल राशिका जाताकलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । शुभकार्यको चर्चा चल्नेछ । अहिलेको श्रम वा लगानीबाट पछिलाई फाइदा पुग्नेछ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कसै कसैकालागी सन्तान प्राप्तिको योग पनि रहेको छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशिका लागि फाल्गुन महिनामा मिश्रित फल मिल्नेछ । महिनाको सुरुकदिनामा आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । घर प नियमित खर्चसमेत बढ्ने योग भएपनि धार्मिक यात्राका योग बन्नेछ । पद र प्रतिष्ठा बढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आकस्मिक धनलाभ पनि हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धनु राशिका लागि फाल्गुन महिनामा राम्रो फल मिल्नेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशिका लागि फाल्गुन महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाईएला । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यमा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शनगरी गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशिका लागि यो महिनामा सूर्यले तपाईं कै राशिमा भ्रमण गर्दै छ त्यसैले कार्य सिद्धिको योग छ । रोकिएका कार्यले पूर्णता पाउनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी नै हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग हरियो वाध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशिका लागि फाल्गुन महिनामा तपाईंको राशिबाट बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । व्यर्थको सास्ति खेप्नु पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । १५ गतेबाट अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ । प्रेम प्रसंगमा नयाँ उमङ्ग र उत्साह मिल्नेछ । लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग सेतो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!